नेपाल
अधिराज्यका ७ प्रदेश अन्तर्गतको प्रदेश न ५
क्षेत्रको
महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जन्म स्थलको रुपमा विश्व परिचित लुम्बिनी प्रदेशको १२ वटा जिल्लाहरु मध्ये नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) पनि एक
हो । करिब ७४७.०५ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको
पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर
प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि. देखि १९३६ मि.
सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत
पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम )
जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको
रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , र तराई क्षेत्र रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिराज्य भरिकै हावापानी
वातावरण र संस्कृति यहा पाइन्छ । यहाको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस र
अधिकतम तापक्रम ४४ डिग्री सेल्सियस सम्म रहेको पाइन्छ । कालीगण्डकी करिडोर
अन्तर्गत नारायणी नदीको कंचन जलप्रवाहबाट सदियौं देखि सिंचित यस जिल्लामा विविध
जातजाति, भाषाभाषी, धर्म संस्कृतिको सम्मिश्रण पाइन्छ । यहा जनगणना २०७८ अनुसार ३८६८६८ जनसंख्या मध्ये पुरुष १८८१८२ र महिला १९८६८६ रहेका छन ।जनसंख्या बृद्धिदर १.४७
प्रतिशत, लैङगिक अनुपात ९४.७१ प्रतिशत तथा ५ वर्ष माथिको साक्षरता दर ७७.९७ प्रतिशत
रहेको छ। अधिराज्यमै सबै भन्दा बढी कुमाल र राजभर जातिको बसोबास समेत रहेको पाइन्छ
। भौगोलिक रुपमा यस जिल्लाको सम्पूर्ण भू—भागलाई दाउन्नेडाडाले करिब बीचबाट चिरी
पूर्व तर्फ नवलपुर क्षेत्र र पश्चिम तर्फ परासी क्षेत्रको रुपमा जिल्लालाई दुई
खण्डमा विभाजन गरेकोे छ ।यहा तुरिया, धनेवा, झरही जस्ता खोलानालाले निरन्तर रुपमा
जलप्रवाह गरिरहेका छन् । त्यसै गरी करिब ८४ विघा क्षेत्रफलमा फैलिएको ऐतिहासिक
नन्दन ताल, गैडाताल, पिपरपाति नाला, बुटाहा र सुसिहवा तालले थुप्रै जलचरहरुलाई बास स्थान प्रदान गरी जिल्लाको
गरिमालाई निरन्तर बढाइ रहेका छन् । २०७३ सालमा यस जिल्लालाई नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) नमाकरण गरिएको हो । प्रशासनिक रुपमा ४ वटा गाउँपालिका,३ नगरपालिका, २ वटा संघीय निर्वाचन क्षेत्र, ४ वटा प्रदेश निर्वाचन क्षेत्रमा विभाजित यस जिल्लाको सदरमुकाम जिल्लाको एक
मात्र नगरपालिका रामग्राम नगरपालिकाको परासी बजारमा रहेको छ । जुन पूर्व पश्चिम
राजमार्गको सुनवल भन्ने स्थानबाट ९ कि.मी. दक्षिणमा अवस्थित रहेको छ । ऐतिहासिक
एवं सांस्कृति रुपमा भिन्नै पहिचान बोकेको यस स्थानमा महामानव भगवानबुद्धको
परिनिर्वाण पश्चात प्राप्त आठवटा अस्थिधातु मध्ये एक अस्थि धातु राखिएको विश्व
प्रसिद्ध रामग्राम स्तुप रहेको छ । प्राचिन समयमा सम्राट अशोकले अन्य स्थलका अस्ति
धातुहरु निकाली आफ्नो राज्यमा विभाजन गरी कैयौं बौद्ध स्तुपहरु निर्माण गरेका भएता
पनि यस स्थलमा रहेको अस्थिधातु निकाल्न आउदा नाग र हात्तिहरुले संरक्षण गरी
निकाल्न नदिएको भन्ने जनश्रुति रहेको छ । यसै पवित्र स्थलको नामबाट नगरपालिका र यस
शाखाको नामाकरण गरिएको हो । यो रामग्राम महामानव गौतमबुद्धको मावली गाउ, उनको बाल्यकालको क्रिडास्थल र प्राचिन कोलिय गणराज्यको राजधानी रहेको विश्वास
गरिन्छ । यसका अलावा यहा“ पृथ्वीनारायण शाहले नेपाल एकिकरण गर्नु पूर्व पाल्पाका
सेन वशी राजाहरुका इष्टदेवी पाल्ही भगवतिको प्रसिद्ध मान्दिर समेत रहेको छ ।यस
जिल्लामा सोना–तमसा र सप्तगण्डकी नदीहरुको समिश्रणबाट
बनेको प्रसिद्ध त्रिवेणी धाम (जुन स्थल भारतको प्रयाग जतिकै श्रदा र आस्थाको
केन्द्रको रुपमा रहेको छ), अद्यापी रहेको पाउन सकिन्छ) | यसका अतिरिक्त यहा“ मदारथान, बाबा बर्दगोरिया कुटी, अनुमा घाट, पण्डितपुर, अकलादेवी, घुमारिघाट जस्ता पर्यटकिय एवं धार्मिक स्थलहरु रहेका छन् भने थुप्रै
मठमन्दिरहरु समेत रहेका छन् । यस जिल्लाका व्यापारिक महत्वका केन्द्रहरुमा परासी, महेशपुर, सुनवल, बर्दघाट, जमुनिया, भूमही,
महत्वपूर्ण
रहेका छन् । जिल्लाको सदरमुकाम परासीबाट १२ कि.मी.को दूरीमा भारतीय सिमावर्ती बजार
ठूठीबारी अवस्थित रहेको छ जहाबाट गोरखपुर, लखनउ जस्ता ठूला भारतीय बजारहरुमा जान सकिन्छ
भने माहामानव गौतम बुद्धले परिनिर्वाण प्राप्त गर्नुभएको प्रसिद स्थल कुशिनगर समेत
सजिलै जान सकिन्छ । नवलपरासी जिल्लामा चितवन सिमेन्ट कम्पनी, निर्माण सिमेन्ट कम्पनी, एम.के. पेपर मिल्स जस्ता प्रमुख औद्योगिक
कारखानाहरु समेत रहेका छन् भने परासी बजारका छिमेकी बजारहरुमा रुपन्देहीको बुटवल, र भैरहवा निकै नजिक एवं सुविधाजनक मानिन्छ भने जिल्लाको अधिकतम व्यापार समेत
यसै स्थानहरुबाट आश्रीत रहेको पाइन्छ । परासी बजारमा जिल्ला सदरमुकाम रहेको एवं
जिल्लाका सरकारी निकाय, विभिन्न संघ संस्था, शैक्षिक संस्थानहरुका कारण समेत दैनिक मान्छेहरुको चलहपहल भइनै रहन्छ भने
बसोबासका दृष्टिले हिन्दु, मुस्लिम, बौद्धिष्ट, क्रिश्चियन धर्म सम्प्रदाय एवं पहाडी, मधेशीहरुको मिश्रीत बसोबास भएको पाइन्छ ।
यहा“ बाहिरबाट आउने आगन्तुक पाहुना एवं पर्यटकहरुका लागि खाना एवं बासका लागि
अत्याधुनिक सुविधा सम्पन्न होटलहरु
पनि विस्तारै
सहरोन्मुख हुदै गएका कारण केही सुविधा सम्पन्न, आरामदायी एवं सामान्य देखि स्तरिय होटल
रेष्टुराहरुको प्रचुर उपलव्धता रहेको छ ।