संक्षिप्त परिचय
नेपाल अधिराज्यका ७ प्रदेश अन्तर्गतको प्रदेश न ५ क्षेत्रको महामानव शान्तिका दूत भगवान गौतम बुद्धको जम्मस्थलको रुपमा विश्व परिचित लुम्बिनी अञ्चलका ६ वटा जिल्लाहरु मध्ये नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) पनि एक हो । करिब ६३४.८८ वर्ग कि.मी. क्षेत्रफलमा फैलिएको यस जिल्लाको पूर्वमा नवलपुर , पश्चिममा रुपन्देही, उत्तरमा पाल्पा र तनहु जिल्ला र दक्षिणमा मित्रराष्ट्र भारतको उत्तर प्रदेश र विहार प्रान्त पर्दछन् । समुन्द्रि सतहबाट करिब ९१ मि. देखि १९३६ मि. सम्मको उचाईमा अवस्थित जिल्लाको पूर्व—दक्षिण सुस्ता गाउँपालिका , पश्चिम—दक्षिण भागमा तराई, उत्तर–पूर्व र उत्तर—पश्चिम भागमा महाभारत पर्वत श्रृङखलाको चुरे पहाडी क्षेत्र पाइन्छ । नवलपरासी ( बर्दघाट सुस्ता पश्चिम ) जिल्ला भौगोलिक रुपमा पनि सम्पन्न एवं भिन्नै पहिचान बोकेको तीन तल्ले जिल्लाको रुपमा सुपरिचित रहेको छ । यहा“ पहाडी क्षेत्र , भित्री मधेश र तराई क्षेत्र रहेका छन् । यसै भौगोलिक विविधताका कारण नेपाल अधिकाराज्य भरिकै हावापानी वातावरण र संस्कृति यहा पाइन्छ ।
थप पढ्नुहोस्